मानिस
हस्तमैथुन
।
मानिसहरु
हस्तमैथुन
गर्ने
गरेको
स्वीकार
भने
गर्दैनन्
।
किन
भने
उनीहरुलाई
नियमित
हस्तमैथुन गर्यो भने के के घाटा होला भनेर मानसिकरुपमा दवावमा
रहन्छन् । नियमित हस्त मैथुन गर्दा सेक्स लाइफ बरवाद हुने
जस्ता कुराहरु पनि ब्याप्त छन् ।
नेपालमा पनि यस्ता कुराहरु बढी नै गरिन्छ । तर
बैज्ञानिक अनुसन्धानले भने हस्तमैथुन स्वास्थ्यका लागि खराव
नभएको देखाएको छ । बरु हस्तमैथुन गर्दा स्वास्थ्यका लागि राम्रो
हुने अनुसन्धानले देखाएको छ ।
यहाँ बैज्ञानिक अनुसन्धानबाट पुष्टी भएका
हस्तमैथुनका ५ फाइदा बारे चर्चा गरिएको छ ।
१ स्पर्म बढाउँछ
कैयौं अनुसन्धानहरुले हस्तमैथुनले पुरुषमा स्पर्मको मात्रा बढाउने
पुष्टी गरेका छन् । हस्तमैथुन गर्दा स्खलित हुने
स्मर्पको उत्पादनको मात्रा पनि बढ्ने पुष्टी भएको छ ।
हस्तमैथुन गर्ने ब्यक्तिको प्रजनन क्षमता बढी हुने
समेत यो अध्यनको निष्कर्ष छ ।
२ तनाव हटाउँछ
हस्तमैथुनले केही दिँदैन तर यसकै कारण तनाव भने
हट्छ । मानिसहरु तनावपूर्ण भएको समयमा हस्तमैथुन गरे भने
शान्त हुन्छन् । यसले शरीरमा डोपामाइन र
अक्सिटोसिनको मात्रा बढाउँछ र उत्तेजना पनि कायम राख्छ । अनि
हस्तमैथुन पश्चात निद्रा पनि राम्रो लाग्छ ।
३ यौन संक्रमणको डर हुँदैन
हस्तमैथुनको सबै भन्दा राम्रो पक्ष यसबाट यौन संक्रमणबाट हुने
कुनै रोग हुदैन । उत्तेजना कायम राख्नका लागि हस्तमैथुन सहायक
भएपनि यौन तुष्टीका साथमा यसमा कुनै रोगको
संक्रमणको खतरा कतै पनि हुँदैन ।
४ प्रोष्टेट क्यान्सरबाट छुटकारा
सन् २००३ मा अष्ट्रेलियामा गरिएको एक अध्यनले जुन पुरुष
हप्तामा ५ पटक भन्दा कम स्खलित हुन्छ त्यस्ता पुरुषमा प्रोष्टेट
क्यान्सरको खतरा बढी हुन्छ । बरु हस्तमैथुनबाट
नियमित स्खलित हुने पुरुषमा यस्तो खतरा एकदमै कम हुन्छ किन
भने स्खलनसँगै क्यान्सरका जिवाणू पनि बाहिरिन्छन् ।
५ शीघ्र स्खलनबाट मुक्ति
नियमित हस्तमैथुन गर्ने पुरुषलाई शीघ्र स्खलनको
समस्या कम हुन्छ । हस्तमैथुनले शीघ्र स्खलनको
समस्याबाट पूर्णरुपमा मुक्ति दिने समेत कतिपय अनुसन्धानकर्ताको
दावी छ ।
0 comments:
Post a Comment