Wednesday, December 23, 2015

महिलाले किन लूकिलूकी ड्राईभर, गार्ड र कामदारहरुसगँ यौन सम्बन्ध राख्छन् ? कारण यस्तो छ....

Posted By: Unknown - 7:13 AM
काठमाडौं । जस्तो सुकै परिस्थितीमा पनि एकले अर्कालाई साथ दिने वाचा गरेर महिला र पुरुष वैवाहिक जीवन सुरु भए पनि कतिपयले वाचा तोड्ने गरेको  यौन विश्लेषकहरुको दाबी छ ।
यौन विश्लेषकहरुका अनुसार विवाह सामाजिक रुपमा श्रीमान्–श्रीमती बन्नका लागि मात्रै गरिने एउटा औपचारिकता हो । खासमा विवाह पश्चात श्रीमान्–श्रीमतीलाई बलियो गरि आपसमा बाँध्ने काम यौनसम्पर्कले गर्छ ।


सेक्स सम्बन्धले श्रीमान्–श्रीमती रमाउन सकेनन् भने त्यो वैवाहिक सम्बन्धले डिभोर्सको रुप लिन बेर पनि लाग्दैन । हिन्दु सँस्कार अनुसार सेक्स विवाह पछि मात्रै गर्नुपर्छ त्यो पनि आफ्नै जोडीसंग मात्रै ।
तर पछिल्लो समय नेपाली समाज बढि नै उदार हुँदै गएको छ ।
पछिल्लो समय परस्त्रीगमन र परपुरुषगमन समाजमा व्याप्त छ । हाम्रो समाजको कुरा गर्ने हो भने पुरुष सेक्सको मामलामा यति धोकेबाज निस्कन्छ कि उसले मौका पाएको खण्डमा श्रीमती बाहेक अन्य महिलासंग पनि यो सम्बन्ध राख्न सक्छ ।
अझै कतिले त झन्, ‘स्वाद फेर्ने’ नाममा महिलाहरुको खोजी गर्दै हिँडेको पनि भेटिन्छ । तर केही व्यक्ति त्यस्ता पनि छन्, जो परस्त्रीगमन गर्छन् तर आफ्नो श्रीमतीले चालै नपाउने गरी । नेपालमा यस्ता श्रीमानहरु सर्वाधिक छन् ।
तर पछिल्लो समय महिलाहरुमा पनि यो समस्या निकै बढी देखिन थालेको छ । एउटा विदेशी वेभसाईटको अनुसार भन्ने हो भने ४१ प्रतिशत श्रीमतीहरुले परपुरुषगमन गर्छन् । उनीहरु मान्छन् की, परपुरुषसंग सेक्स रिलेशन राख्नु खासै ठुलो कुरा होईन् ।
समाज उदारीकरण संगै नेपाली समाजका महिलाहरु पनि यस्तै विचार राख्छन् । जुन कुराले अहिले धेरै वैवाहिक सम्बन्धहरु संकटमा परेका छन् । केही महिलाहरु यस्ता पनि हुन्छन्, जो आफ्नो यौन ईच्छा पुरा गराउनका लागि धन, दौलत, ईज्जत, मान, प्रतिष्ठा जस्ता सबै कुरा त्याग्न तयार हुन्छन् ।
र, उनीहरु आफ्नो श्रीमानलाई छोडेर अर्कै पुरुषसंग सम्बन्ध बढाउँछन्, जसले उनीहरुको यौनईच्छालाई शान्त बनाउँछ ।
यौन मनोचिकित्सकहरुका अनुसार आफ्नो श्रीमानसंग यौन सन्तुष्टि लिन नसक्ने महिलाहरुको अनुहार सँधै न्यास्रो हुन्छ । विशेष गरि उच्च वर्गको परिवारमा यस्तो समस्या देखिने गरेको छ ।
आफ्नो लोग्नेसंग यौन सन्तुष्टि नपाएकै कारण आफ्नै ड्राईभर, गार्ड जस्ता कामदारहरुसंग भागेको थुप्रै उदाहरणहरु नेपालमै छ । विवाह पश्चात पारीवारिक जीवन शुरु हुन्छ । सामान्यतया पुरुषहरुले बाहिरी काम गर्छन् भने महिलाहरुले घरभित्रैको काम गर्छन् ।
बाहिर काम गर्नुपर्ने भएकोले पुरुषहरु सँधैजसो बाहिरकै तनावमा हुन्छन्, जुन कारणले गर्दा उनीहरुले आफ्नो घर र श्रीमतीको समस्या के हो रु भन्ने कुरा बुझ्दैनन् ।
प्राय पुरुषको बानी के हुन्छ भने, उनीहरुले आफ्नो तनाव परिवारमा आएर आफ्नो श्रीमतीसंग पोख्छन् । जुन कुरा झगडाको बिऊ बन्छ अनि कुटपिटसम्म पुग्छ ।
यस्तो भएको खण्डमा घरमा बस्ने श्रीमती तनावमा हुन्छिन् । यस्तो हुँदा श्रीमान्–श्रीमतीहरु आपसमा सेक्स गर्न रुचाउँदैनन् ।
यस्तो अवस्थामा महिलाहरु सँधै यस्तो चिजको खोजीमा हुन्छन्, जसले उनीहरुलाई सन्तुष्ट बनाओस् र बाँकि जीवन मायाप्रेम दिएर कसैले साथमा राखोस् ।
आफ्नो श्रीमान् छोडेर कोहि दोस्रो पुरुषसंग विवाह गर्ने वा सम्बन्ध बनाउनका लागि महिलाहरुको महत्वकांक्षाले पनि भुमिका खेल्छ ।
विभिन्न ईच्छा र आकांक्षा बनाएर उस्तै गर्न खोज्नेहरुमा महिलाहरु अगाडी हुन्छन् । अन्य कारणसंगै उच्च महत्वकांक्षाले पनि आफ्नो श्रीमान्संगको सम्बन्धमा ब्रेक लगाएर उनीहरु अर्को पुरुषसंग सम्बन्ध राख्छन् ।
सुख, सुविधा, रवाफ देखाउने जस्ता महत्वकांक्षाले पनि वैवाहिक सम्बन्धमा दरार ल्याउन महत्वपुर्ण भुमिका खेल्छ । एजेन्सी

About Unknown

Organic Theme is officially developed by Templatezy Team. We published High quality Blogger Templates with Awesome Design for blogspot lovers.The very first Blogger Templates Company where you will find Responsive Design Templates.

0 comments:

Post a Comment

Copyright © 2015 All Video.Com

Designed by | Distributed By Blogger Templates