राजा वीरेन्द्र र भण्डारीबीच डेढ घन्टा कुराकानी भयो। जबकि, यो भेटघाट ३० मिनेटका लागि मात्र तय गरिएको थियो। धमला भन्छन्, “बाहिर निस्कँदा असिनपसिन हुनुभएको थियो मदन भण्डारी। पहिले बस्नूस् भन्दा मान्नुभएको थिएन। भित्रबाट निस्केपछि आफैँ कुर्सीमा बस्नुभयो र पानी माग्नुभयो। उहाँ वीरेन्द्रबाट कति प्रभावित हुनुहुन्थ्यो भने त्यसपछि सार्वजनिक रूपमै उहाँले सामान्य सर्ट र सुरुवाल, घेरा फाटेको टोपी लगाउने राजा पनि हामीजस्तै साधारण नेपाली हुन् भन्नुभयो।”
संग्रहालय उपप्रमुख ढुंगानासँग पनि यस्तै अर्को रोचक सम्झना छ। माघ ०५० मा वीरेन्द्र दक्षिण भारतको जोधपुर पुगेका थिए, राजा कर्णेल प्रताप सिंहकी छोरीको बिहेमा सहभागी हुन। भारत सरकारले उनको सुरक्षाका लागि खटाएको टोली प्रमुख राजतन्त्रका घोर विरोधी रहेछन्। उनले नेपाली अधिकारीहरूसँग ‘राजाहरू सामन्ती, स्वेच्छाचारी र निरंकुश हुन्छन्, त्यसैले राजतन्त्र र राजाको नामसमेत सुन्न मन लाग्दैन’ भनेछन्। तर, एक साताको संगतले राजा वीरेन्द्रप्रति उनको धारणामा परविर्तन आइसकेको थियो। ढुंगाना भन्छन्, “उनी राजा वीरेन्द्रको व्यवहारबाट कति प्रभावित भए भने नयाँ दिल्ली विमानस्थलमा खुट्टा ढोगेरै बिदाइ गरे।”
स्रोत:नेपाल साप्ताहिकको पुरानो अंक
0 comments:
Post a Comment