Thursday, January 28, 2016

१० सपना जसले मृत्युको संकेत गर्छ..जानी राखौ..

Posted By: Unknown - 9:24 AM
सपनालाई भविष्यमा हुन सक्ने सम्भावित घटनाहरूको संकेत मानिन्छ । रामायण र महाभारतमा पनि सपनामा प्राप्त हुने संकेतबारे बताइएको छ । भगवान् रामले दशरथको मृत्युको समय एक अशुभ सपना देखेर अनुमान लगाएका थिए की राजदरबारमा केही अशुभ घटना घटेको छ । यसरी सपनामा देखिन अशूभ संकेतहरूले मानिसको भविष्यमा केही अशुभ क्षण या मृत्यु समेत हुन सक्ने सम्भावना रहेको बताइन्छ । केही यस्ता अशुभ सपनाहरू जसले मानिसको मृत्युतर्फ संकेत गर्छ । थाहा पाँऔ ती सपनाहरू जसले मानिसको मृत्युतर्फ संकेत गर्छ :-


– सपनामा काग देख्नुलाई अशुभ मानिन्छ । यसलाई मृत्यु नजिकै रहेको संकेतको रूपमा समेत लिइन्छ ।
– आफू यात्रामा हिडिरहेको देख्नुलाई पनि राम्रो सपना मानिदैन । जुन रात यस्तो सपना देखिन्छ त्यसपछी आउने दिनमा यदी कतै यात्रामा जानु छ भने त्यसलाई रद्द गर्नाले दोष काटिने विश्वास गरिन्छ ।
– सपनामा ढोल तथा अन्य बाजा बजिरहेको देख्नु पनि राम्रो मानिँदैन । यस्तै, आफ्नो टाउको मुण्डन गरिरहेको देखेमा परिवारका कसैको मृत्यु हुन सक्ने मानिन्छ ।
– सपनामा कुनै स्त्री आएर मानिसलाई सुकेको फूलको माला लगाइदिन्छिन् भने यसलाई पनि अशुभ मानिन्छ।
– सपनामा तेल लगाउनु र गधामा बसेर हिड्नुलाई मृत्यु सूचक मानिन्छ ।
– यदी कुनै स्त्री सपनामा आफूलाई सेतो कपडामा फूका कपालमा देख्नाले यसलाई वियोगको संकेत मानिन्छ ।
– निर्वस्त्र स्त्रीको अंगालोमा बाधिएको देख्नुलाई मृत्यु नजिक रहेको मानिन्छ ।
– देवी देउताको चर्किएको या फुटेको मुर्ति सपनामा देख्नुलाई अशुभ मानिन्छ ।
– रूख आफै ढलेको वा आफू माथिबाट खसेको देख्नुलाई पनि राम्रो संकेत मानिँदैन ।
– पटक-पटक मृत्यु या घाटमा रहेको सपना देख्नुलाई पनि मृत्यु नजिकिएको संकेत मानिन्छ । – विक्लीनेपाल

About Unknown

Organic Theme is officially developed by Templatezy Team. We published High quality Blogger Templates with Awesome Design for blogspot lovers.The very first Blogger Templates Company where you will find Responsive Design Templates.

0 comments:

Post a Comment

Copyright © 2015 All Video.Com

Designed by | Distributed By Blogger Templates