Tuesday, January 12, 2016

‘जीवनमा सँधै गोप्य राख्नु पर्ने ७ कुरा

Posted By: Unknown - 4:15 AM

पुर्वीय दर्शनमा जीवनमा सँधै गोप्य राख्नु पर्ने केही कुराको चर्चा गरिएको छ । कतिपय कुराहरु हामीले अरुलाई नभन्नु नै श्रेयस्कार मानिन्छ । के हुन् त जीवनमा सँधै गोप्य राख्नु पर्ने ७ कुरा ? १ रतिक्रिडा कुनै पनि स्त्री र पुरुषबीचको यौनिक क्रियाकलाप अरुसँग भनेर मजा लिने कुरा होइन । जीवनमा यौन सम्बन्धको विषयमा कसैलाई पनि नभन्नुस् । यदि तपाइँले यौन क्रिडाका कुरा अरुलाई भन्न थाल्नु भो भने कुनै न कुनै दिन नकारात्मक परिणाम ब्यहोर्नु पर्ने हुन्छ । २ धन हानी जीवनमा तपाइँलाई परेको आर्थिक नोक्शानीको विषयमा कसैलाई पनि नभन्नुस् । मानिसहरुले तपाइँको धन हानी हुँदा तपाइँसँग भएको धनबारे जानकारी पाउने मात्र होइन हानी भएका कारण तपाइँबाट टाढिने समेत खतरा हुन्छ । ३ घर परिवारको झगडा परिवारमा झगडा हुनु सामान्य विषय हो । यस्तो कुरा सबैजसो घरमा हुन्छ । यस्ता विषयमा अरुलाई नभन्नुस् । परिवारका झगडा घरभित्र नै गोप्य रहेमात्र समाजमा सम्मानित हुन सकिन्छ । तपाइँको परिवारको झगडा अरुले थाहा पाएमा गलत फाइदा उठाउन सक्छन् । ४ मन्त्र गुरुले दिएको मन्त्रलाई पनि गोप्य राख्न पर्ने विषय मानिन्छ । मन्त्र कसैलाई पनि भन्नु हुँदैन किन भने मन्त्रमा शक्ति हुन्छ । गुरुले दिएको मन्त्र सिद्ध हुन सक्छ । ५ दान जीवनमा कसैलाई केही कुरा दिइएको छ भने त्यो विषयमा अरुलाई भन्नु हुँदैन । दान धर्म भनेको अरुलाई भनेर गर्ने चिज होइन । दान धर्मको विषयमा अरुलाई भन्नु भो भने यसको फल प्राप्त हुँदैन । ६ पद प्रतिष्ठा पद प्रतिष्ठा प्राप्त भएपछि मानिसहरु मात्तिने हुन्छन् । तर पद र प्रतिष्ठको विषयमा सके सम्म गोप्यता कायम गर्नुस् । पद पाएर मख्ख पर्ने बानी छ भने आजै देखि छोड्नुस् यसले हित गर्दैन । ७ अपमान जीवनमा आफू अपमानित भएको कुरा कसैलाई भन्नु हुँदैन । अपमानित भएको विषय अरुलाई भनियो भने तपाइँको मजाक बनाउन सक्छन् । यी ७ कुरा सँधै गोप्य राख्नुस् ।एजेन्सी

About Unknown

Organic Theme is officially developed by Templatezy Team. We published High quality Blogger Templates with Awesome Design for blogspot lovers.The very first Blogger Templates Company where you will find Responsive Design Templates.

0 comments:

Post a Comment

Copyright © 2015 All Video.Com

Designed by | Distributed By Blogger Templates