Wednesday, February 3, 2016

चोरी औंलाबाट थाहा हुन्छ तपाईंको प्रगती हुन्छ कि हुँदैन !!

Posted By: Unknown - 10:08 PM
हाम्रो आसपासमा सबै मानिसका रुची फरक फरक हुन्छन् । मानिसहरु एक अर्काको स्वभाव र भाग्य थाहा पाउन उत्सुक हुन्छन् । हस्तरेखा शास्त्र अर्थात समुन्द्र शास्त्रका अनुसार मानिसको चोरी औंला हेरेर नै उसको नेतृत्व क्षमता कति छ र उ हाकिम बन्न सक्छ कि सक्दैन भनेर ।


चोरी औंलाको प्रभाव

चोरी औंलाको तल पट्टी गुरु पर्वत स्थित हुने भएका कारण यसलाई गुरु औंला पनि भन्ने गरिन्छ । सामान्यतया यही औंलाको आधारमा नै कुनै पनि ब्यक्तिको नेतृत्व क्षमता आँकलन गर्न सकिने समुन्द्र शास्त्रको दावी छ । यदि कुनै पनि ब्यक्तिको चोर औंला माझी औंला बराबर छ अर्थात केही लामो छ भने यस्ता ब्यक्ति नेतृत्वमा पुग्छन् । यिनीहरु राम्रा हाकिम पनि बन्न सक्छन् ।

 यदि यो औंला सहित अन्य लक्षण पनि मिलेमा यस्तो ब्यक्तिले हजारौं मानिसमाथि राज गर्न समेत सक्छ ।
यदि चोरी औंला माझी औंला भन्दा पनि लामो छ भने त्यस्तो ब्यक्ति अत्याधिक घमण्ड गर्ने ब्यक्ति हुन्छ । यस्ता ब्यक्तिले अरुलाई गन्दै नगन्ने र तानाशाही स्वभावका पनि हुन्छन् । त्यसैगरी कुनै पनि ब्यक्तिको चोरी औंला सामान्य लम्बाइ भन्दा पनि छोटों भयो भने त्यस्ता ब्यक्ति कम महत्वाकाँक्षी हुन्छन् । यिनीहरुलाई नयाँ काम गर्न उत्साह देखिँदैन ।


यदि चोरी औंला अनामिका औंला भन्दा अग्लो छ भने यस्ता ब्यक्ति अत्याधिक महत्वाकाँक्षी हुन्छन् र कहिले काँहि अति उत्साहित भएर काम समेत विगार्छन् । यिनीहरुले समय समयमा धनको नाश समेत ब्यहोर्नु पर्छ ।यदि कुनै ब्यक्तिले अनामिका र चोरी औंलाको लम्बाइ बराबर भयो भने त्यस्ता ब्यक्ति अधिक पैसा कमाउने र मान सम्मान प्राप्त गर्ने हुन्छन् । यस्ता ब्यक्ति हरेक परिस्थितिमा सन्तुष्ट रहन्छन् ।


समान्यतया हाम्रो औंलामा तीन भाग हुन्छन् । तीन भागमा ब्यक्तिको स्वभाव अध्यन गर्न सकिने हस्तरेखा शास्त्रको दावी छ । यदि चोरी औंलाको पहिलो भाग (नङतिरको भाग) अन्य दुई भाग भन्दा बढी छ भने यस्ता ब्यक्तिको नेतृत्व क्षमता राम्रो हुन्छ । तर यो भाग अन्य २ भागको तुलनामा सानो छ भने त्यस्ता ब्यक्ति कमजोर हुन्छन् र यिनीहरुको हिनताबोध बढी हुन्छ ।
चोर औंलाको बिचको भाग ठूलो हुने ब्यक्ति अंहकारी हुन्छन् र यस्ता ब्यक्तिले दिएको काम दक्षतापूर्ण तरिकाले गर्छन् । यिनीहरुको घर र समाजमा राम्रो स्थान हुन्छ । तर यो भाग सानो छ भने त्यसको विपरित कुनै पनि काम दक्षतापूर्ण रुपमा गर्न सक्दैनन् । जुन ब्यक्तिको यो औंलाको तल्लो भाग अन्य भन्दा ठूलो हुन्छ यस्ता ब्यक्ति शारीरिकरुपमा बलिया हुन्छन् र बल देखाउन खोज्छन् ।aource khabar com

About Unknown

Organic Theme is officially developed by Templatezy Team. We published High quality Blogger Templates with Awesome Design for blogspot lovers.The very first Blogger Templates Company where you will find Responsive Design Templates.

0 comments:

Post a Comment

Copyright © 2015 All Video.Com

Designed by | Distributed By Blogger Templates